२०७९ श्रावण १, आईतवार ०७:४२
धनुषाधामस्थित धनुष सागर पोखरी र धनुष मन्दिर सौन्दर्यकरण अभियान शुभारम्भ भएको छ ।
शनिबारदेखि स्थानीय युवाहरुको अगुवाइमा अभियान शुभारम्भ भएको हो । धनुषाधाम नगरपालिकाकी उपप्रमुख विद्यादेवी भुजेलको हातबाट हिन्दु परम्परा अनुसार पुजाअर्चना गरी अभियान शुरु गरिएको थियो । संचारकर्मी विनय यादवको पहलमा अभियान सञ्चालन गरिएके े छ । सो अवसरमा उपप्रमुख भुजेलले युवाहरुको सरसफाइ तथा सौन्दर्यकरण अभियान सराहनीय रहेको बताइन् । अभियानले स्थानीय वासिन्दाहरु एकदमै हर्षित छन् । मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देब नारायण मण्डल अभियानमा सहभागी जनाउँदै आइतबारदेखि निरन्तर प्रत्येक दिन शारीरिक व्यायाम गर्ने समय पोखरी सरसफाइ नहुन्जेल सम्म अभियान सञ्चालन रहने बताए ।

