अपडेट 
२०७९ श्रावण ३, मंगलवार ०७:४१

बाराको सिमरामा माई कोरा च्यालेन्ज सिमरा सम्पन्न भएको छ ।

बारा राईडर्स संघको आयोजनामा भएको कार्यक्रममा साईकल राईडर्सहरुले ४५ किमीकाृे यात्रा तय गरेका थिए । बारा स्थित धार्मिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बारा राईडर्स संघ बाराका निराजन थापाले जानकारी दिए । कार्यक्रमको उद्घाटन साईकल चलाएर जीतपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गरेका थिए । ३५ वटा साईकल यात्रीले एकसाथ जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्र भित्र रहेका बिभिन्न मठ मन्दिर हरुलाई दाहिने पारेर करिब ४५ किमि यात्रा तय गरेको बारा राईडर्स संघका अध्यक्ष शेषराज अधिकारीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News