अपडेट 
२०७९ श्रावण ५, बिहीबार ०७:३४

रामायणहरूमा एकरूपता देखिएन । प्रत्येक रामायणमा एकभन्दा अर्कोमा भिन्नता देखिन्छ । विद्वानहरू आ–आफ्ना मतानुसार विचार प्रकट गर्दा केही भिन्नता हुनु स्वभाविकै हो तर कतिपय रामायणमा लेखक बिल्कुलै अलग विचार प्रकट गरेकाले बास्तविकता के हो त लेख्नु पर्ने बाध्यता आयो । सामान्य रूपमा हनुमानलाई केसरी नन्दन (छोरा), अञ्जनी (पुत्र) र पवन सुत (पुत्र) को नामले संसार बुझेका छन् भने कतिले महादेव तथा पवन पुत्र भनेर जान्दछन् । यसरी विभिन्न नाम देख्दा खोजविन गर्नु आवश्यक ठानेर खोजविन गरिएको हो । हुनत विभिन्न पुराणहरूमा हनुमानका बारेमा धेरै रहस्यहरू भएकाले ती सबै रहस्य यहाँ वर्णन गर्न थाह्रो हुने हुनाले केही रहस्यात्मक दृष्टान्त मात्र वर्णन गरेको छु । भगवान महावीर हनुमानको जन्म सम्बन्धमा खोज गर्दा राम जन्मको प्रसङ्गलाई नै जोडेर अध्ययन गर्नु पर्ने देखिन्छ । यहाँ राम जन्म कै पृष्ठभूमिबाट अनुसन्धान गरिएको छ ।

राजा दशरथले ऋष्यश्रृङ्ग नाम गरेको ऋषिद्वारा पुत्रेष्टि यज्ञ गर्दा स्वयं अग्नि देवबाट जुन दिव्य पायस (खीर) प्राप्त भएको थियो, त्यो पायस गुरु बशिष्टको आज्ञाले राजा दशरथले आफ्ना तीनवटै रानीहरूलाई खान दिए । खानलाई तीनवटै रानीहरू आ–आफ्ना हातमा लिँदै थिए कि सुमित्राको हातबाट उक्त पायस (खीर) एउटी बाझिनी (बाजको स्त्री) आएर सुमित्राको हातबाट उक्त पायस झप्टेर लगिन । सुमित्राको भाग लुटिए पछि दशरथका दुईवटी रानी कौसल्या र कैकेयीले सुमित्रालाई आ– आफ्नो भागबाट आधा–आधा पायस (खीर) खान दिए । त्यो पायस खाएपछि रानीहरू गर्भवती भए । भप्टेर लगेको पायस बाझिनीले जङगलमा तपस्या गरिरहेकी अञ्जनी नामक बादर्नीको हातमा खसाली दिएको र त्यो पायस अञ्जनीले भगवानको प्रसाद सम्झी खाएपछि उनी गर्भवती भई हनुमानको जन्म भएको भनी विभिन्न रामायणमा उल्लेख गरिएको पाइन्छ । भगवान शिवद्वारा भगवान रामसँगै जन्म लिई रामको कार्यमा सहयोग पु¥याउन हनुमान भई जन्म लिएको भन्ने दृष्टान्तहरू पनि कुनै कुनै पौराणिक पुराणहरूको बाचनका क्रममा व्याख्या गरिएको पाइन्छ । त्यसैले होला, हनुमानलाई रूद्रावतार, रूद्रांश, द्वादशरूद्र भनेर पनि पुकार्ने गरिन्छ । भगवान रामको उद्देश्य पूरा गर्न सहयोगीको रूपमा हनुमानको जन्म पनिसँगै गराएको हो किनकि राजा दशरथको यज्ञबाट प्राप्त पायसलाई श्रापित बाझिनीद्वारा जंगलमा पु¥याइएको, आफूलाई परेको श्रापमा बानरको सहायता लिनु परोस् भने भएकोले भगवानलाई सहयोग गर्ने बानर पनि त दिव्य, प्रभावशाली तथा देवांश नै हुनुप¥यो । तसर्थ, आफ्नै जन्मसँगसँगै एउटै यज्ञबाट उत्पन्न हुने निधो गरी प्रपञ्च रचिएको भान हुन्छ ।

एक समय ब्रम्हाजीले सुर्वचा नाम गरेकी अप्सरालाई नृत्यभंग गरेको भनी बाझिनीमा जन्म हुने श्राप दिनु भएको थियो र श्राप कट्टा गर्न सुमित्राको खीर लुटेर अञ्जनी कहाँ पर्वतमा त्यागेमा श्राप मुक्त हुन्छेस् भनी श्राप निराकरण हुने उपाय पनि बताउनु भएको थियो । तर कुनै रामायणमा एक थरी त अर्को रामायण अर्को व्याख्या गरिएको पाइन्छ । जे जस्तो व्याख्या गरेको भए पनि राम, भरत, लक्ष्मण तथा शत्रुघ्नसँगै जन्म लिनु भनेको संयोग मात्रै नभएर अघिकै योजना अनुसार मान्नु पर्दछ । अर्कोतिर के भनाइ छ भने भगवान शिवद्वारा रामको कार्यमा सहयोग पु¥याउन हनुमान भई जन्म लिएको भन्ने दृष्टान्त पनि कुनै कुनै पुराणहरूमा व्याख्या गरिएको पाइन्छ । हनुमानको जन्म पायसवाट नै भएको भने प्रमाणित गर्न राम जन्मको महिना तिथिलाई मिलाउँदा ठिक मिलेको देखिन्छ । चैत्र महिनाको शुक्ल पक्षको हरिदिन अर्थात हरिभगवानको दिन अर्थात् एकादशीलाई बुझाउँछ । यसलाई विचार गर्दा एउटै यज्ञबाट प्राप्त पायसलाई दशरथ प्रियाहरूले भोजन गरेको र अञ्जनाले भोजन गरेको समय पनि केही समय मात्र फरक परेकोले हनुमान जन्म राम जन्म भन्दा दुई दिन पछि अर्थात एकादशीको दिन नै भएको भनेर बुझ्नु पर्दछ । साथै भगवानसँगै चारवटै दाजु भाइहरूका जन्म पूर्णिमा भन्दा पहिले नै भएको भने बुझ्न सकिन्छ । यस सन्धान मार्फत भगवान हनुमानलाई राम, लक्ष्मण, लगायतका चार भाइको जन्म र हनुमानको जन्म एकै यज्ञको अग्निबाट उत्पन्न भएको अग्नि देव प्रदत्त पायस प्राशन गरेर रहन गएको गर्भबाट जन्म भएको बुझिन्छ । एउटै यज्ञ, एउटै पायस, आमाहरू मात्र फरक फरक भएको हुँदा हनुमानलाई पनि भरत, लक्ष्मण, शत्रुघ्न जस्तै भगवान रामजीकै भाइ हुन् भनेर मान्दा पनि फरक पर्ला जस्तो नलागेको हुँदा यहाँ मैले हनुमानलाई पनि रामजी कै भाइ हुन् भनेर प्रमाणित गर्न खोजेको छु । हनुत अत्याचारी रावणलाई मार्न जति भालु, बानर सेनाहरू थिए तिनीहरू साधारण वानरहरू थिएनन् । देवताहरू रामकै सहयोगका लागि वानरको शरीरमा प्रवेश गरेका कुरा विभिन्न रामायणहरूमा उल्लेख छन् । रामायणमा वर्णित प्रभावशाली प्रमुख पात्रहरूमा राम, लक्ष्मण, भरत, शत्रुघ्न, रावण, वालि, सुग्रीव, सीता, कौसल्या, कैकेयी, सुमित्रा जस्तै प्रमुख पात्रको रूपमा हनुमानलाई पनि महत्व दिएको देखिन्छ ।

हनुमान निकै बलशाली थिए । केही रामायणमा के उल्लेख छ भने हनुमान वालि र सुग्रीव दुबैसँग भएको बल बराबरको बलशाली थिए । वास्तवमा हनुमान बिना रामायणको कल्पना गर्न सकिँदैन । सीता खोजमा समुद्र लङ्घन, लक्ष्मण मूच्छा भएको बेला सञ्जीवनी बुटी पत्ता लगाई अति शीघ्र पहाडै बाकेर लिएर आउन समर्थ भएको र रामाश्वमेध यज्ञमा भगवान शंकरसँग बराबरी युद्ध गर्न सक्ने हौसला तथा सामथ्र्य भएका अझ रावणसँगको युद्धमा राम, लक्ष्मण सुतेको अवसर पारी मायाद्वारा हरण गरी पाताल लगी नरबलि दिन ठीक पारेको समयमा उनले चतु¥याईपूर्वक राम लक्ष्मणलाई पाताल लोकबाट मुक्त गराएर आफ्नो पुरुषार्थ देखाएको दृष्टान्त कसैसँग छिपेको छैन । रामायणका रहस्यहरूलाई अध्ययन गर्दा रामभक्त हनुमानका विषयमा तथा उनको उत्पतिको बारेमा अध्ययन तथा सन्धान गर्नु हाम्रो समाजका धर्मानुरागीको परम कर्तव्य हुन आउँछ । हनुमानको जन्म पायस (खीर) बाट भएको हो भने कुराको सन्धान हुनु आवश्यक भएकोले यसबारे लेख्ने धृष्टता गरेको छु । मलाई विश्वास छ कि यस्ता खोजपूर्ण लेखबाट पाठकवर्गका पठन कार्यमा रुची बढ्ने छ । हुनत हाम्रो हिन्दू धर्म सनातन धर्म रहेको हुनाले यसबारे पछिका विद्वानहरू लेख्दा केही आफ् ना विचारहरू मिश्रित गर्दै यसलाई मतभिन्तामा ल्याइ छाडेको देखिन्छ । हुनत यी रामायणहरूका मुख्य श्रोत वाल्मिकीय रामायणलाई लिइन्छ तर बाल्मिकीय रामायणलाई पनि आजका विद्वानहरूले तोडमटोर गरी प्रस्तुत गरि रहेको देख्दा नराम्रो महसूस भएपनि त्यसलाई खण्डन गर्न निकै कठिनाई देखिन्छ । रामायण भनेको हाम्रो मूल धार्मिक ग्रन्थ हो । यस्तो ग्रन्थ वारे सरकारको संस्कृति मन्त्रालयले बृहत् छलफलको आयोजना गरी एउटा सर्वसम्मत विचार आएको भए अति उतम हुन्थ्यो होला । यस्ता पवित्र ग्रन्थ बारे जथाभावी आ–आफ्ना विचार प्रकट गर्नु ठीक जस्तो लाग्दैन । हुनत हनुमान बारे जे जति लेखिन्छ त्यो कमै हुन्छ । शास्त्र अनुसार हाम्रा सात देव अमर छन् अर्थात आज पनि हामी खोज्यौ भने पाउन सकिन्छ ।

त्यस मध्येको हनुमान सबभन्दा अगाडि हुनुहुन्छ । हामी माथि कुनै संकट आउँदा सबै भन्दा पहिले ‘ जय बजरंग वली’ को नाम जोरले उचारण गर्दा हाम्रो शरीर भय रहित हुन जान्छ । हनुमानको पराक्रमलाई पनि हामीले कम आँक्नु हँुदैन । एकदिन उनले भोक लाग्यो भनी सूर्यलाई निल्ने प्रयत्न गरेको र अर्को दिन ऐरावत हात्तीलाई नै परास्त गरेको कुरा सबै ग्रन्थहरूमा उल्लेख छ । हनुमानभन्दा सहयोगी अन्य देवतालाई देख्दिन । त्यसैले होला प्रत्येक हिन्दू मंदिरमा हनुमानको प्रतिमा अनिवार्य रूपमा स्थापित गरेका हुन्छन् । त्यतिमात्र कहाँ हो र ! प्रत्येक घर आंगनमा हनुमानको धाजा (झंडा) गाडेर हनुमानको पूजा आर्चा गरेको देखिन्छ । जहाँसम्म जनकपुरधामको कुरो छ, प्राचीन काल देखिनै हनुमानको मीठो सम्बन्ध रहेको देखिन्छ । जनकपुरधाममा भगवान हनुमान बजरंगवली भन्दा बढी भंदिर कुनै देव देवीको छैन । प्रत्येक देवी देवताको मंदिर, मठमा हनुमानजीको उपस्थित त छदै छ यसको अलावा जनकपुरधाम भित्र एक्लै सैकडौ मंन्दिर रहेका छन् । यसरी हनुमानजी एउटा जीवित देवताको रूपमा जहाँपनि उपस्थित छन् । सबै युगमा समान रूपले हनुमानको उपस्थितिलाई सबै धार्मिक ग्रन्थहरूले पनि सहर्ष स्वीकार गरेका छन् । रामायणमा भगवान राम जस्ताले पनि सहायता लिनु पर्ने प्राणीलाई रोज्नु पर्दा साक्षात भगवान शिवको अंश एउटै यज्ञबाट प्राप्त अग्नि प्रदत दिव्य पायस (खीर) बाट उत्पति भएको ज्ञानी प्राणीको आवश्यकता समेत भएका ज्ञानी प्राणीको आवश्यकता समेत महसूस भई हनुमत उत्पति जस्ता विषय यहाँ आफ्नो मत राख्ने घृष्टता गरेको छु । यसमा केही त्रुटी भएमा हनुमत धर्मानुरागी महानुभावसँग सुझावका लागी आशा राख्दछु । अर्कोतिर यी देवीदेवताहरू सबै एक अर्कासँग राम्ररी सम्बन्धमा गाँसिएका थिए भने धार्मिक ग्रन्थहरूमा उल्लेख छ । माथिको वर्णनबाट हनुमानको आमा बेग्लै भए पनि रामका भाइ हुन भने प्रमाणित हुन्छ ।

अस्तु । लेखक संस्कृति शिक्षाका अध्येता हुन् ।

Comment


Related News

Latest News

Trending News