२०७९ श्रावण ६, शुक्रबार ०७:५४

महोत्तरीमा एक जना भतिजोले आफ्नै काकाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा पिपरा गाउपालिका ५ सहोडवा दास टोलका ४० वर्षीय रामनाथ दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनले आफ्नै काका ६० बर्षीय राम बहादुर दासलाई कोदालोले काटेर हत्या गरेको आरोप लगोको छ । खेतमा काम गरेर सोही गाउ नजिकैको स्थानीय स्व. देवु झाको आपको बगैचामा आराम गरिरहेका भतिजोलाई खाना खानको लागि भन्न आएको काकालाई उनले घाँटी काटेको स्थानीयहरुको भनाई छ । यता, आरोपी रामनाथ प्रहरी नियन्त्रणमा रहेको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । उनले शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल ल्याइएको जानकारी दिए । घटनाको यकिन कारण तत्काल खुल्न नसकेको बताउदै डिएसपी विष्टले आरोपिलाई घरबाटै पक्राउ गरिएको जानकारी दिए । घटना स्थलमा रहेका स्थानीयहरुका अनुसार खेतमा काम गरेर वगैचामा सुतिरहेको रामनाथलाई उनका काकाले खाना खानको लागि भन्न आउदा रिसमा आएर आफूसंगै रहेको कोदालोले प्रहार गरेकोमा उनको टाउको दुई टुक्रा भएर तत्काल नै मृत्यु भएको थियो । विहीवार करिव ४ बजे प्रहरीले घटना वारे जानकारी पाउँदा घटना स्थल पुगेर लाशको मुचुल्का उठाएका छन् ।

यता घटनाको यकिन समय तत्काल नखुलेपनि अपरान्ह करिव २ बजे घटना भएको हुनुपर्ने स्थानीयहरुले बताए । आरोपि रामनाथ भने पहिले पनि कर्तव्य ज्यान मुद्दामै सात वर्ष जेल सजाय काटेर एक महिना पहिले नै छुटेर घर आएका थिए ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News