जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले व्यवसायीहरुलाई वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विहीबार संघमा आवद्ध करिव दुई सय व्यवसायीहरुको सहभागितामा वित्तीय सेवा र करदाता सम्बन्धमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा आन्तरिक राजस्व कार्यालयका प्रमुख गजेन्द्रकुमार ठाकुर र नेपाल राष्ट्र बैंक जनकपुरधाम शाखाका सहनिर्देशक अशोक राईले वित्तीय कारोबार सम्बन्धी जानकारी र व्यवसायीहरुको गुनासो सम्बोधन गरेका थिए । व्यवसायीहरुले ऋण लिँदा बैंकको प्रक्रिया बारे गुनासो गरेका थिए । राजस्व बारे केही प्राविधिक कठिनाईहरुको बारेमा सहभागी व्यवसायीहरुले जिज्ञसा राखेका थिए । गत वर्ष राजस्व कार्यालयले कर संकलनमा कुल लक्ष्यको ९५ प्रतिशत पुरा गरेको जनाइएको छ । सामाजिक खरिद सम्बन्धि कानूनमा केही जटिलता पनि देखिएको हुनाले व्यवसायीहरुले सरोकारबला निकायको ध्यानाकर्षण गराएका थिए । आयोजक संस्थाले व्यवसायीलाई सहजता प्रदान गर्न राजस्व परामर्श समिति पनि बनाएका छन् । सोही समितिको आयोजनामा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरु, कार्य समिति, व्यवसायी र विभिन्न बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

