अपडेट 
२०७९ श्रावण ६, शुक्रबार १४:५३

आर्थिक संकटबाट गुज्रिरहेको टापु मुलुक श्रीलंकामा नयाँ प्रधानमन्त्रीले सपथ लिनुभएकाे छ।

राष्ट्रपति रनिल विक्रमासिंघेले ६३ वर्षिय दिनेश गुणवर्देनालाई प्रधानमन्त्री नियुक्त गरी सपथ गराउनुभएकाे हाे ।

गुणवर्देनाले यसअघि विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकाे थियाे। केही समयअघि राष्ट्रपति गोटवाया राजापाक्षेले उहाँलाई  गृहमन्त्री नियुक्त गर्नुभएकाे थियाे।

गुणवर्देना श्रीलंकाको वामपन्थी पार्टी महाजन एकसाथ पेरामुनाका अध्यक्ष हुनुहुन्छ। उहाँका पार्टीका संसदमा २ जना सांसद रहेका छन् ।

राजापाक्षे परिवार सत्ताबाट बाहिरिएर नयाँ व्यक्ति राष्ट्रपति र प्रधानमन्त्री बने पनि श्रीलंकामा प्रदर्शन रोकिएको छैन।

Comment


Related News

Latest News

Trending News