बहुचर्चित नागरिकता विधेयक प्रतिनिधि सभाबाट शुक्रवार पारित भएसँगै ‘यश’लिन हानथाप भइरहेको छ ।
सत्तासित जनता समाजवादी पार्टी(जसपा)ले नागरिकता विधेयक पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेको छ । संघीय सरकारका वन मन्त्री समेत रहेका जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले नागरिकता समस्या समाधानका लागि सदनदेखि सर्वोच्च सम्म लडेको दाबी गरे ।‘नागरिकता नपाएर बिचल्लीमा परेका जन्मसिद्धका सन्तानको भविष्य अब सुनिश्चित भएकोछ’ उनले भने, नागरिकताको पक्षमा एमाले नरहेको र त्यसका सहयोगी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले पनि अल्मलाउन खोजेका थिए । नागरिकता विधेयक पारित हुने क्रममा जसपा र लोसपाका शीर्ष नेताहरु प्रतिनिधि सभाको बैठकमा उपस्थित थिए । तर लोसपाले आफ् नो निरन्तरको दबाबको कारण नागरिकता विधेयक पारित भएको दाबी गरेको छ ।लोसपाका नेताहरुले विधेयक पारित भएको खुशीयालीमा विभिन्न जिल्लामा दीपावली समेत गरेका छन् ।लोसपाका नेताहरुले सामाजिक सञ्जालमा नागरिकता विधेयक पारित भएको ‘यश’ लिने प्रयत्न गरेका छन् । नागरिकता विधेयक पारित गर्नुपर्ने माग सहितको ज्ञापन सरकारलाई पटक–पटक बुझाए पनि लोसपाले एमालेद्वारा दर्ता गराइएको विधेयकको विरोध भने गरेको थिएन् ।
कयौं मुद्दामा लोसपाले सहकार्य गरेको एमालेले भने नागरिकता विधेयकको विपक्षमा मतदान गरे ।एमालेले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता विधेयक पनि मधेशीको हितमा थिएन् ।वैवाहिक अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने प्रावधान एमालेले राखेको थियो । गठबन्धन सरकारले प्रतिनिधि सभाबाट द्रूतगतिमा नागरिकता विधेयक पारित गराएर आगामी चुनावमा मधेशको मत तान्न ठूलो मुद्दा बनाउने छ । नागरिकता विधेयकमा एमालेले विरोध जनाएर मधेशमा सहानुभूति गुमाएको छ ।यद्यपि शुक्रवार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल भइरहेको बेला रौतहट जिल्लाका लोसपा परित्याग गर्ने नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाएर पार्टी प्रवेश गरिरहेका थिए । प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा शासकले अन्यथा व्याख्या नगरे नेपालमा नागरिकताको समस्या धेरै हद सम्म समाप्त भएको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY




