२०७९ श्रावण ७, शनिबार १४:०८

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भित्र भएका सबै बामपन्थी पृष्टभूमीका समूहसंग पार्टी एकताको कुरा चलिरहेको बताएका छन ।

शनिबार सर्लाहीमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका अध्यक्ष प्रचण्डले जनकपुरधाम विमान स्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै गठबन्धन भित्र भएका सबै बामपन्थी पृष्टभूमीका समूहसंग पार्टी एकताको कुरा चलिरहेको र छिटै नतिजामा पुग्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समुह फुटिसकेको र औपचारीकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताउनुभयो । बाबुरामजीले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उहाँसंग समेत एकताको विषयमा कुरा भएको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले हिजो सदनबाट पारित भएको नागरिकता विधेयक चाँडै कार्यान्वयनमा आउने र लाखौं मधेशी जनतालाई ठुलो राहत मिल्ने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News