अपडेट 
२०७९ श्रावण ७, शनिबार १६:४२

नेपालमा थप ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १ हजार ८८ पिसिआर परिक्षणका क्रममा २ सय १६ जना र १ हजार ९ सय ८ एन्टीजेन परिक्षणका क्रममा १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ९४ जना निको भएका छन् । हाल नेपालमा २ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News