सत्तासीन गठबन्धन दलमा रहेका नेपाली कांग्रेसलाई धनुषामा प्रतिनिधि सभाको २ सिट मिल्ने निश्चित भएको छ ।
उच्चस्रोतहरुका अनुसार धनुषा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ र ४ कांग्रेसले पाउने पक्का भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा विमलेन्द्र निधि र क्षेत्र नम्बर ४ बाट महेन्द्र यादव कांग्रेसको उम्मेदवार हुने छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री मात्रिका यादवले प्रतिनिधि सभामा गठबन्धनको उम्मेदवार हुने छन् ।उनी सो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना समानुपातिकबाट प्रतिनिधि सभाको सदस्यका लागि सूचीकृत हुन सहमत भइसकेको बताइएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा) बाट ठेकेदार बलराम महतो उम्मेदवार हुनेछन् ।गत महिना उनी जसपामा प्रवेश गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकाको निर्वाचनमा मेयरमा चुनाव लड्दा तेस्रो स्थानमा रहेका थिए ।उनी निर्वाचन क्षेत्र नम्बर २ बाट टिकट दिन सुनिश्चित भएपछि मात्र जसपामा प्रवेश गरेको बताउँदै आएका छन् ।प्रदेश २ मा गत चुनावमा जसपाबाट उमाशंकर अरगडियाले चुनाव जितेका थिए ।हाल उनी लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)मा प्रवेश गरिसकेका छन् । निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट माओवादी केन्द्र र ‘ख’ बाट कांग्रेसले प्रदेश सभामा सिट पाउने छ ।‘ख’बाट एमालेका किशोरी साह प्रदेश सभामा निर्वाचित भएका थिए ।त्यो क्षेत्रमा कांग्रेसले दावी गरेको छ ।माओवादीले पनि मतको सन्तुलन कायम गर्न कांग्रेसलाई सो सिट दिन सहमत भएको बताइएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एकीकृत समाजवादी(एस)का नेता रामचन्द्र झाले दावी गरे पनि उनको प्रभाव कमजोर भइसकेकाले टिकट पाउने संभावना नरहेको सो पार्टीका एकजना सदस्यले जनाए ।तर झालाई समानुपातिकबाट प्रतिनिधि सभामा पठाउने सूचीमा समावेश गरिने उनले बताए । क्षेत्र नम्बर २ को दुबै प्रदेश सभा जसपाको भागमा परेको छ ।तर प्रदेश सभाको अवस्था विगतको चुनाव जस्तो छैन् ।गठबन्धनमा घात नभए बाहेक चुनाव जित्न सहज छैन् ।
सर्वाधिक जोखिममा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार निधि रहेका छन् ।उनले स्थानीय तहको चुनावमा गठबन्धनका उम्मेदवारलाई पराजित गराउन सक्रिय भूमिका निर्वाह गरेको आरोप छ ।कार्यपालिकाको चुनावमा पनि निधिले कांग्रेसकै आधिकारीक उम्मेदवारलाई पराजित गराएको आरोप समेत खेपिरहेका छन् । प्रतिनिधि सभामा निधि र प्रदेश सभा ‘क’ मा कांग्रेसका रामसरोज यादव उम्मेदवार हुने छन् ।प्रदेश सभा ‘ख’मा जसपाबाट उम्मेदवारी दिने सहमति हुन सक्छ ।निधिले चुनावमा सन्तुलन बनाउन जसपाबाट उम्मेदवार बनाउने चाहना राखेको बताइन्छ । निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका महेन्द्र यादवलाई प्रतिनिधि सभामा यस पटक सहज हुने भएको छ ।त्यसमा प्रदेश सभा ‘क’ बाट जसपाको उम्मेदवार रहने र ‘ख’ बाट नेकपा एसका उम्मेदवार हुने छन् ।जसपाबाट प्रत्याशीको टुंगो लाग्न सकेको छैन् ।तर नेकपा एसबाट शत्रुधन महतो उम्मेदवार हुने निश्चित प्रायःछ । हुनत सो क्षेत्रमा नेकपा एसले कुनै वडामा समेत चुनाव जित्न सकेको छैन् ।कांग्रेसले दुईवटा पालिकामा सफलता हासिल गरेको छ ।एउटा पालिकामा नेकपा एमालेले जितेको छ ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

