२०७९ श्रावण ८, आईतवार ०८:३४

सुत्केरी गराउँदा ऋण लिएर गरेको खर्च तिर्नै नसकेको बेला आर्थिक अभावका कारण जुम्ल्याहा सन्तानलाई पोषिलो आहाराको जोहो गर्न नसक्दा सप्तरीको एक दम्पत्ति थप पीडामा परेका छन् ।

राजविराज नगरपालिका १२ दमावति टोलका २७ वर्षीय पंचदेव खंग र उनकी २५ वर्षीया पत्नि पुनिता अहिले यस्तो विपतमा परेका हुन् । परिवारको आर्थिक अवस्था निकै कमजोर भएका खंग दम्पत्तिले सबैसँग सहयोगको याचना गरेका छन् । पुनिताले गत जेठ १ गते स्थानीय युनिक सिटी अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । शल्यक्रिया मार्फत जन्माइएको शिशुमा एक छोरा र एक छोरी छन् । हाल बच्चाको तौल भने घट्दै गएको पंचदेवले सुनाए । बच्चालाई स्वथ्य राख्न पोषिलो आहारको आवयश्कता परे पनि आर्थिक अवस्था निकै कमजोर भएकाले सोको जोहो गर्न नसकेको उनले लाचारी व्यक्त गरेका छन् । यसअघि पनि उनका दुई सन्तान छन् । “अस्पतालमा सुत्केरी गराउँदा साहु महाजनसँग लिएको ८० हजार ऋण सापटी तिर्न सकिएको छैन्, अर्काको खेतमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका पंचदेवले भने, नवजात शिशु अब कसरी हुर्काउने भन्ने चिन्ताले भोक र निन्द्रा हरेको छ ।”

Comment


Related News

Latest News

Trending News