२०७९ श्रावण ८, आईतवार १०:०४

राष्ट्रिय एकता अभियानको युवा बिभागले काठमाण्डुमा ‘राष्ट्रिय युवा सम्मेलन’ सम्पन्न गरेको छ ।

‘संघीय हिन्दू गणतन्त्र नेपाल’ को मुल नारासहित आयोजना गरिएको ‘काठमाण्डु सम्मेलन’ मा नेपाललाई हिन्दू राष्ट्र वनाउने विषयमा ब्यापक छलफल भएको छ । सम्मेलनका प्रमुख अतिथी तथा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दू राष्ट्र कायम गर्न माग गरे । विदेशी डलरको लालचमा फसेका विचौलीया नेताहरुले संघीयताको नाममा नेपालमा सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्षता कायम गरेको उनको आरोप छ । ‘हामी संघीयता विरोधी होइनौँ तर संघीयताको नाममा हाम्रो हिन्दू धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन’ युवालाई सम्वोधन गर्दै यादवले भने–‘ हामी लोकतन्त्र पक्षधर भएकाले संघीय गणतन्त्र सहितको हिन्दू राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी राख्छौं।’ धर्मनिरपेक्षताको नाममा हिन्दू धर्म, सभ्यता, संस्कृति र पहिचानमाथि प्रहार गर्ने मात्र नभई मुलुकलाई भ्रष्टाचारको अखडा वनाईएकोमा समेत यादवले चिन्ता ब्यक्त गरे ।

अभियानमा आवद्ध युवाहरुले अव हिन्दु राष्ट्रका लागि मात्र नभई देशलाई भ्रष्टाचार र भ्रष्ट मुक्त वनाउने दायित्व पनि काँधमा बोक्नु पर्ने विचार ब्यक्त गरे । युवा बिभागका संयोजक कृष्ण यादवको अध्यक्षतामा आयोजित सम्मेलनमा दिल्ली विश्वविद्यालयकी निर्देशक डा. गीता, अभियानका संरक्षक एबम् नोवेल मेडिकल कलेजका निर्देशक डा. निरञ्जनकुमार, अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साह, केन्द्रीय सदस्य चन्द्र यदुबंशी, राजेश हिन्दु सम्राट, मनीष पुर्बे, गीता तिमल्सिना, उद्योग बणिज्य संघ किर्तिपुरकी संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्य लगायतले आफ्नो विचार ब्यक्त गरेका थिए । सम्मेलनमा राष्ट्रिय एकता अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहा, सदस्य संतोष यादव, डा. दीपेश केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News