२०७९ श्रावण ९, सोमबार ०८:४८

सर्लाहीको हरिवनमा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको आयोजना तथा जिल्ला सभापति सुरेन्द्र सिंहको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्व गृहमन्त्री पूर्ण बहादुर खडकाले निर्वाचनको समयमा पार्टीसँग अन्तरघात गर्ने व्यक्तिलाई कांग्रेसको १४ औं महाधिवेशन पछि बनेको पार्टीको विधान अनुसार अनुशासन कमिटी गठन गरेर कारवाही गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिएको प्रष्ट गरेका छन्। उनले अन्तरघातीलाई जिल्ला कार्यसमितिको प्रमुखले पार्टीबाट निलम्बन गर्न सक्ने जानकारी दिए ।

उनले कांग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताए। उपसभापति खडकाले जसरी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सफलता पायो त्यसरी नै संघीय र प्रदेशको निर्वाचनमा पार्टीलाई जिताएर पहिलो पार्टी बनाउनु सबैको मुख्य ध्येय रहेको बताए । सोही कार्यक्रमको अवसरमा पार्टीका जिल्ला सभापति सिंह र उपसभापति डा.सरोज यादवले जिल्ला कार्यसमितिको तर्फबाट प्रमुख अतिथि पार्टीका केन्द्रीय सभापति एवं पूर्व गृहमन्त्री खडकालाई उपहार स्वरूप मायाको चिनो प्रदान गरी सम्मानित गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादव,जिल्ला सचिव निरज कार्की,मधेश प्रदेश सदस्य सोनी बम्जन लगायत नेपाली कांग्रेसका विभिन्न तहमा रहेका पदाधिकारी, भातृ तथा शुभेच्छुक सघंसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News