२०७९ श्रावण ९, सोमबार ०८:५७

मधेश प्रदेश अन्तर्गत सर्लाहीको मलंगवामा ब्राइट इभेन्ट मेनेजमेन्टको प्रस्तुतिमा आयोजित तराई समर विक फैसन प्रतियोगितामा बेस्ट मोडलको उपाधि पुरुषतर्फ सुजित पटेल र महिलातर्फ श्रेया झाले जितेका छन् ।

प्रतियोगितामा सर्लाही जिल्ला लगायत जिल्ला बाहिर वीरगञ्ज र जनकपुरबाट भाग लिइ फाइनल प्रतिस्पर्धाको लागि छनौट भएका १४ जना फाइनालिस्टहरु मध्येबाट सुरज कुशवाहा र बुनु श्राफले दोस्रो तथा मनिष पासवान र स्वेता गुप्ताले तेस्रो स्थान जित्न सफल भएका छन् । प्रतियोगितामा सहभागी भएका अन्य प्रतिस्पर्धीहरुलाई पनि विभिन्न विद्याको पुरस्कारबाट सम्मानित गरिएको छ । मधेशका किशोर किशोरी तथा युवा युवतीहरुले आफू भित्र लुकाएर राखेको प्रतिभालाई उजागर गरी समाजमा फैसनको क्षेत्रलाई छुट्टै पहिचान दिलाउने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरिएके थियो । प्रतिस्पर्धीहरुको जजमेन्ट मोडल, एक्टर आरसु महर्जन र अरुण कान्त यादवले गरेका थिए।

Comment


Related News

Latest News

Trending News