२०७९ श्रावण १०, मंगलवार ०८:१७

जनकपुरधाम । मधेशवादी दलहरु एक अर्कासंग तालमेल गरी आगामी निर्वाचनमा भाग लिने तिर अग्रसर हुँदै गएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीको झुकाव केही दिन यता कांग्रेस तिर भए पनि सिके राउतले नेतृत्व गरिरहेको जनमत पार्टी, हृदयेश त्रिपाठीले नेतृत्व गरिरहेको जनता प्रगतिशील पार्टी संग निरन्तर सम्वाद भइरहेको नेताहरुले जानकारी दिएका छन् । जनता समाजवादी पार्टीवाट अलग भएका डा.बाबुराम भट्टराई माओवादी केन्द्रसंग सहकार्य गर्ने तरखरमा रहे पनि स्रोतका अनुसार आगामी चुनाव सम्म जसपा, लोसपा, जनमत र जनता प्रगतिशील पार्टीले एक अर्कासंग सहकार्य गरेर चुनावमा भाग लिने दावी गरेका छन् । लोसपाको झुकाव नागरिकता विधेयकका लागि कांग्रेससंग भए पनि निर्वाचनमा कांग्रेस वा अन्य दलसंग जाँदा मधेश प्रदेशमा ठूलो नोक्सानी व्यहोर्नु परेको अवस्थालाई मध्यनजर गर्दै मधेशवादी दलहरुबीचनै समीकरणको ठूलो सम्भावना देखिएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपा पाँच दलीय गठबन्धनमा गएर चुनावमा सहभागी हुँदा जताततै गठबन्धनवाटै धोका पाएका कारण जसपा भित्र पनि मधेशवादीसंग तालमेल मिलाउन नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दवाव दिँदै आएका छन् । तर, पाँच दलीय गठबन्धन अनुसार धनुषामा रहेको ४ निर्वाचन क्षेत्रमा दुई नेपाली कांग्रेस, एक जसपा र एक माओवादी केन्द्रलाई दिने आन्तरिक सहमति जुटेको छ । तर, मधेशवादी दल संग समन्वय गरेर अगाडि बढेमा दुईवटा निर्वाचन क्षेत्रमा मधेशवादी दल सफलता प्राप्त गर्न सक्ने आकलन गरिएको छ । यता, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले चुनावी तालमेलका लागि दलहरूसँग छलफलका लागि वार्ता समिति गठन गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा गठन भएको वार्ता समितिको सदस्यमा सो पार्टीका अर्का उपाध्यक्ष सविर हुसैन र केन्द्रीय सदस्य बाबा सरकार रहेका छन् । उपाध्यक्ष यादवका अनुसार चुनावी तालमेलका लागि पहिलो प्राथमिकतामा मधेशवादी दल रहेका छन् । ती दलहरूसँग कुराकानी गरेर चुनावी तालमेलका लागि पहल गर्ने उपाध्यक्ष यादवले बताए । ‘पहिलो चरणमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग वार्ता गर्नेछौं, त्यसपछि अन्य पार्टीहरूसँग वार्ता गर्नेछौं, लोसपासँग हाम्रो धेरै कुरा मिलिरहेको छ, त्यही भएर पहिलो चरणमा लोसपासँग कुरा गर्ने त्यसपछि अन्य पार्टीहरूसँग विस्तारै कुरा गर्दै जाने हो’ यादवले भने । मधेशका सबै पार्टीको एउटै गठबन्धन बनोस् भन्ने चाहेको बताउँदै उनले मधेशमा एउटै गठबन्धनबाट चुनावमा नगए पाएका उपलब्धि पनि गुम्ने खतरा भएको बताए । एक्ला एक्लै चुनाव लड्दा सबै कमजोर हुने र अधिकारका लागि लड्न नसकिने भएकाले मधेशले आफ्m्नो बलियो उपस्थिति देखाउनका लागि सबै तितामिठा कुरा विर्सेर एक ठाउँमा आउन आफ्m्नो पार्टीले आह्वान गरेको उनले बताए । मधेशवादी दलहरूसँग छलफल भइसकेपछि कांग्रेस, माओवादी, एमालेसँग पनि आफूहरुले छलफल गर्ने उनले बताए ।

प्रचण्ड र वामदेवबीच भेटवार्ता

यसैबीच निर्वाचनलाई दृष्टिगत गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटघाट भएको छ । प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गौतमबीच बेलुका ५ बजेतिर भेटघाट भएको गौतमका स्वकीय सचिव दिपक टमाटाले जानकारी दिएका छन् । दुई नेताबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । केही समय यता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी बीचमा समाजवादी केन्द्र बनाउने बारे छलफल भइरहेको नेताहरुले दाबी गरेका छन् । प्रचण्ड र गौतमबीच आधा घण्टा मात्रै भेट भएको थियो । छलफलमा आगामी निर्वाचनको बारेमा समेत कुराकानी भएको उनले जानकारी दिए । पाँच दलीय गठबन्धनलाई तत्काल आगामी निर्वाचन सम्म लगेर जाने समेत कुराकानी भएको छ । नेपालमा कम्युनिष्टहरुको अवस्था त्यतिवलियो नरहेको भन्दै कम्युनिष्टहरु जुन टुक्रा टुक्रामा रहेका छन् उनीहरुसंग एकताकोलागि समेत दुवै जनावीच कुराकानी भएको छ ।

बाबुरामले टु·याएर नयाँ पार्टीको नाम

निर्वाचनकै पृष्ठभूमिमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट कारबाहीमा परेका जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी गठनको प्रक्रिया अगाडि बढाएका छन् । नयाँ पार्टीको नाम टुङ्गो लागे पनि सो पार्टीको अध्यक्ष पदको बारे भने अझै अन्योल रहेको छ । भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठका अनुसार नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने भएको छ । दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ नाम राखिएको बताइएको छ । सो नाम निर्वाचन आयोगमा समेत पठाइसकिएको र आयोग पनि सो नामप्रति सकारात्मक रहेको भट्टराई पक्षका नेताहरूको भनाई छ । ‘अन्य डकुमेन्टहरू राखेर अब पार्टी दर्ताको प्रक्रियामा जान्छौँ,’ एक नेताले भने, ‘अधिकारीले समावेशी लोकतान्त्रिक पार्टी बाबुराम पक्षलाई दिने भएको छ । उनीसँग कुराकानी चलिरहेको छ । पार्टीको नाम फेरेर आँखा चुनाव चिन्ह राखेर नयाँ पार्टी दर्ता गराउने प्रक्रिया अगाडि बढाउँछौँ ।’

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News