२०७९ श्रावण १०, मंगलवार ०८:२६

जनकपुरधाममा ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । मुरली चोकस्थित जनकपुर न्यूरो होस्पिटलका डा. विजयकुमार राउतले एक बिरामीको सफल शल्यक्रिया गरेका छन् ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका महोत्तरी बलबा नगरपालिका ४ का अनितेश कुमारको चिकित्सकले ६ घण्टा लगाएर सफल शल्यक्रिया गरेको अस्पताल आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ । उनको साउन २ गते अस्पतालले शल्यक्रिया गरेको थियो । अहिले उनको अवस्था सामान्य भइसकेको चिकित्सकले बताएका छन् । आइतबार अस्पताल प्रशासनले गरेको पत्रकार सम्मेलनमा आएर अनितेश र उनको बुबा परमेश्वर यादवले घटना बारे जानकारी गराएका थिए । उनको बुबा ०७४ को स्थानीय निर्वाचनमा सोही पालिकामा वडा सदस्य पदमा निर्वाचित भएका थिए भने अनितेश त्यही पालिकामा नगर प्रहरीमा कार्यरत थिए । साउन १ गते देखि नगर प्रमुख हाजिर नगराएपछि उनी तनावमा हुँदा सवारी दुर्घटना भएको बताएका छन् ।

अनितेशले साउन १ गते बनौटा बजारस्थित सशस्त्र प्रहरी क्याम्पले सडकमा राखेको ड्राममा ठक्कर दिएका थिए । अस्पतालका चिकित्सकले अनितेशलाई अस्पतालमा ल्याउनमा निकै ढिलाइ भइसकेको हुँदा शल्यक्रियामा समय लागेको बताए । ‘यस प्रकारको घटनामा ढिलाइ गर्नु हुदैन् । अनितेश अस्पताल आउँदा सात घण्टा ढिलो भइसकेको थियो,’उनले भने,‘जबकी यस्तो बिरामीको चार घण्टाभित्र शल्यक्रिया गरिसक्नु पर्ने हुन्छ ।’

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News