जनकपुरधामबाट दिउँसो एक महिलाको हातबाट दुई लाख रुपैयाँ लुटिएको छ ।
सोमबार जनकपुरधाम उपमहानगरपालिकास्थित मोनाष्टिक स्कुलनजिक दुई लाख रुपैयाँ लुटिएको छ । उनी मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेको भन्दै धनुषा प्रहरीलाई खोजीकालागि गुहार गरेकी छिन् । साउदीमा रहेका श्रीमान् देवशरण यादवले पठाएको रकम बैंकबाट झिकेर घर जाँदै गर्दा उनको हातबाट रातो मोटरसाइकल लिएर आएको दुई जना रकम खोसेर फरार भएको ती महिलाको भनाइ छ । उनका अनुसार झोलामा २ लाख नगद, नागरिकता, बैंक सम्बन्धी कागजात र थप पाँच सय रुपैयाँ थियो । ‘आफू हिंडिरहेको समयमा एक्कासी आएका उनीहरुले हातबाट झोला लिएर भागे, शर्मिला यादवले भनिन्, ‘दुवैले हेलमेट लगाएका थिए ।’ धनुषा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् । लुटेराको विभिन्न कोणबाट खोजी कार्य भइरहेको उनले बताए । प्रहरीले सीसीटिभी र स्थानीयको आधारमा खोजी कार्य शुरु गरेका छन् ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

