अपडेट 
२०७९ श्रावण १०, मंगलवार १५:५५

२४ घण्टामा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यही अवधिमा थप दुई सय १८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार सात सय १४ जना पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण थप दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार नाै सय ५९ जनाको ज्यान गएको छ ।

थप दुई लाख ५७ हजार ८ सय ७८ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News