जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ स्थित हर्दिनाथको शाखा नहरको निरीक्षण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले मंगलवार उक्त नहरको निरीक्षण गरेका छन् । मर्मत सम्भारको अभावमा जीर्ण भएको नहरमा सिँचाईका लागि पानी नआउंदा किसानहरु दिनहुँ नहर संचालनका लागि उपमहानगरपालिका धाईरहेका थिए । नगर प्रमुख साहको पहलमा नगरको मर्मत सम्भार शुरु गरिएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष विनोद कुमार साहले जानकारी दिए । उनले भने–‘नहर सुचारु भएपछि वडा नं. १९ का किसानहरु लाभान्वित हुने छन । पानी नपर्दा धानबाली सुक्न लागेको समय नहर मर्मत भएपछि स्थानीयहरु खुसी भएका छन ।’ नहरमा पानी आएपछि सिँचाईमा सुगम हुने स्थानीय किसान भैरला राईनले बताए । उनले भने–‘ नहर मर्मतका लागि लामो समयदेखि पहल गर्दै आएका थियौ ।’ नगर प्रमुख आफै गएर नहर मर्मत संभारको अनुगमन गरेको देख्दा निकै नै खुसी लागेको स्थानीय किसान विजय यादवले बताए ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=-gUA8UoSBJY

