२०७९ श्रावण ११, बुधबार ०७:३०

उच्च अदालत जनकपुर राजविराज इजलासले राजविराज नगरपालिका वडा–४ मा भएको वडाध्यक्ष निर्वाचनको मतगणना भए देखि मत परिणाम घोषणा भए सम्मका सम्पूर्ण सक्कलै कागजात झिकाउने आदेश गरेको छ ।

एक मतले पराजित भएका वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार कासिम अन्सारीले मतगणना त्रुटि भएको भन्दै पुनः मतगणना गर्नु पर्ने माग सहित उजुरी दायर गरेपछि अदालतबाट यस्तो आदेश भएको हो । उजुरी उपरको वहस सुनवाइ पछि मुख्य न्यायाधीश हरि प्रसाद भण्डारी र न्यायाधीश जगत बहादृुर थापाको संयुक्त इजलासले जारी आदेशमा सो वडाको मतगणना देखि मत परिणामको घोषणा भए सम्मका सम्पूर्ण कागजातहरु सक्कलै अदालतमा पठाई दिन भनि आदेश गरिएको छ । एक मतले पराजित भएका अन्सारीले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र नवनिर्वाचित वडाध्यक्ष साहलाई विपक्षी बनाई पुनः मतगणनाको माग सहित गत जेठ १० गते उच्च अदालत जनकपुर राजविराज इजलासमा उजुरी दायर गरेका थिए । अन्सारीका तर्फबाट बरिष्ठ अधिवक्ता भानु निरौला र अधिवक्ता फुल नारायण यादव तथा विपक्षीको तर्फबाट अधिवक्ता शिव कुमार चौधरी र श्याम नारायण साहले बहस गरेका थिए । १ हजार ५ सय २२ मत खसेको सो वडा निर्वाचनमा जसपाको तर्फबाट उम्मेदवार रहेका दिनेश प्रसाद साह ३ सय ११ मत ल्याई निर्वाचित भएका थिए । ३ सय १० मत ल्याएका अन्सारीले मतगणनामा खटिएका कर्मचारीको लापरवाहीे तथा निर्वाचित घोषणा गरिएका साहका मतगणना प्रतिनिधिको अनावश्यक हस्तक्षेप र दवावमा परिणाम उलटफेर गरिएको दाबी गर्दै आएका छन् । उनले पुनःमतगणना भए सत्य तथ्य आफै बाहिर आउने दावी गरेका छन् ।

जिल्ला निर्वाचन अधिकारी प्रदीप जोशीले सम्मानित अदालतको आदेश अनुसार उक्त वडाको मतगणना भईसकेको सदर र बदर मतपत्र, मुचुल्का, गणनाको ट्याली फारम लगायत सम्पूर्ण सक्कली कागजात संकलन गरी २ साता भित्रै अदालतमा पठाउने जानकारी दिएका छन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News