अपडेट 
२०७९ श्रावण ११, बुधबार ११:५९

फिलिपिन्समा बुधवार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ ।

डोलोरेस नजिक स्थानीय समय अनुसार विहान ८ः४३ बजे गएको भूकम्पको कडा धक्का राजधानी मनिलामा समेत महसुुस गरिएको फिलिपिन्स न्यूज एजेन्सीले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्वेका अनुसार भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । यद्यपि सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको समाचारमा जनाइएको छ । यस्तै भूकम्पपछि अहिले परकम्पनहरु जाने क्रम भने जारी रहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News