२०७९ श्रावण ११, बुधबार १५:२२

उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडूले कारखानाको निरीक्षण गरेका छन् ।

बुधबार उद्योगमन्त्री बडूले बन्द अवस्थामा रहेको जचुकालीको निरीक्षण गरेका हुन् । मन्त्री बडूले कारखानाको भवनका साथै त्यहाँका मेशिनहरुको निरीक्षण गरेका हुन् ।

कारखानाको निरीक्षण पश्चात उद्योगमन्त्री बडुले बन्द तथा जिर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसंचालनमा ल्याउने सरकारको तयारी स्वरुप आफूले जचुकालीको निरिक्षण गरेको बताए । राष्ट्रिय उत्पादन बृद्धि गर्ने सरकारको लक्ष्य अनुरुप जचुकालीलाई समेत संचालनमा ल्याउने तयारी सरकारको रहेको र यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको उनले बताए ।

यस अघि मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउत सहित पूरै मन्त्रीमण्डल काठमाडौँ पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जचुकालीको प्राङ्गण प्रशासनिक भवनका लागि प्रयोग गर्न दिने माग सहित स्वामित्वका लागि ज्ञापन पत्र बुझाएका थिए ।

Comment

Related News