अपडेट 
२०७९ श्रावण ११, बुधबार १६:२५

एसईईको नतिजा सार्वजनिक भएको छ ।

परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

यसपटकको एसइईमा  ३ दशमलव ६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १ दशमलव ९४ प्रतिशत रहेका छन् ।  यस्तै नन ग्रेड ल्याउनेको संख्या ४ दशमलव ५५ रहेको छ भने ० दशमलव ८१ देखि १ दशमलव  २ जीपीए ल्याउनेको संख्या ० दशमलव ६६ प्रतिशत रहेको छ ।

यस्तै १ दशमलव २१ देखि १ दशमलव ६० जीपीए ल्याउनेको संख्या ९ प्रतिशत, १ दशमलव ६१ जीपीएदेखि २ दशमलव ० जीपीए ल्याउनेको संख्या २० दशमलव २९ प्रतिशत, २ दशमलव ०१ देखि २ दशमलव ४ जीपीए ल्याउनेको संख्या २२ दशमलव ७४ प्रतिशत, २ दशमलव ४१ देखि २ दशमलव ८० जीपीए ल्याउनेको संख्या १८ दशमलव ३१ प्रतिशत रहेको छ । यस्तै २ दशमलव ८१ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या १४ दशमलव १३ प्रतिशत र ३ दशमलव २१ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या १ दशमलव ४ प्रतिशत रहेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

Comment


Related News

Latest News

Trending News