पथलैया–वीरगन्ज सडक खण्डको ७८ प्रतिशत काम सम्पन्न भएको छ ।
सड्क खण्डको निर्माण गर्नुपर्ने २६ किलोमिटरमध्ये ६ वर्षमा एउटा पुल र ६ सय मिटर सडकमात्र निर्माण पुरा भएको पथलैया–वीरगन्ज सडक खण्ड आयोजनाको कार्यालय पथलैयाले जनाएको छ । नेपालकै प्रमुख आर्थिक करिडोर पथलैया–वीरगन्ज सडक खण्डको २६ किलोमिटरमध्ये ६ वर्षमा एउटा पुल र ६ सय मिटर सडक मात्र निर्माण पुरा भएको छ । २०७३ साउनदेखि सुरु भएको दुई वर्षे निर्माण अवधिमा सो भौतिक संरचना निर्माण भएको हो । बारा जितपुरको लालका पुल र ड्राइपोर्टदेखि आईसीपीसम्मको ६ सय मिटर सडकमात्र निर्माण कम्पनीले योजनालाई स्वामित्व हस्तान्तरण गरेको योजनाका प्रमुख मनिषकुमार साहले जानकारी दिए । योजनाले सार्वजनिक गरेको तथ्यांकमा उक्त पुल र सडकबाहेक ७८ प्रतिशत भौतिक प्रगति उल्लेख गरेको छ । २०७३ साल असार २९ गते सुरु गरिएको आयोजना प्रत्येक ८ महिनामा २५ प्रतिशत प्रगति दिने शर्त राखिएको थियो ।
बाराको पथलैयादेखि पर्साको सुक्खा बन्दरगाह रहेको सिर्सियासम्मको २६ किलोमिटर ६ लेन निर्माण गर्नुपर्ने छ । जसकोलागि आयोजनाले ६ वटा प्याकेजमा विभिन्न निर्माण कम्पनीलाई तीन अर्ब १२ करोड ४१ लाखमा ठेक्का दिइएको थियो ।

