२०७९ श्रावण १२, बिहीबार ०८:०५

नेपाली कांग्रेसको राजनीतिमा पछाडि पारिएका विमलेन्द्र निधिले ५० किलो चाँदीको धनुष भारतको अयोध्यामा राख्न थालेका छन् ।

अयोध्यामा निर्माणाधीन राममन्दिरमा नेता निधिले ५० किलो चाँदीको धनुषा राख्ने चाँजोपाँजो मिलाउन बिहीबार त्यस तर्फ जान थालेका छन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, रोशन दास वैष्णव लगायत निधि परिवार र काठमाण्डुका केही व्यवसायीहरु समेतको टोली अयोध्या जान लागेको बताइएको छ । स्थानीय बजारमा बुधबार प्रति किलो चाँदीको मूल्य १ लाख १६ हजार ५ सय रहेको छ । त्यस अनुसार ५० किलो चाँदीको मूल्य ५८ लाख २५ हजार र बनाउन लाग्ने मजदूरी समेत ६० लाख पर्ने बताइएको छ । पछिल्लो पाँच वर्षमा उनी लगातार चुनावमा पराजित र राजनीतिमा ओरालो लाग्न थालेका छन् । राममन्दिरमा आफ्ना नाम राख्नेगरी धनुषाका लागि एउटा कक्ष मिलाउन जानकी मन्दिरका महन्थलाई प्रयोग गर्न थालिएको छ । अयोध्यामा बास र अन्य व्यवस्थापन नेता निधि नेतृत्वको टोलीका लागि जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले गरेका छन् । राजनीतिक चाँजोपाँजो रोशनदासले मिलाउने छन् । निधिले महन्त रामतपेश्वर र रोशन दास बीच रहेको द्वन्द्वलाई अयोध्यामा शान्त गर्ने योजना पनि रहेको बुझिएको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News