अपडेट 
२०७९ श्रावण १२, बिहीबार ११:०४

चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको  छ ।

कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको वुहान उपनगरमा कोरोना संक्रमण बढ्दै गएपछि फेरि लकडाउन गरिएको  हो ।

वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।

चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।

तर, लगातारको प्रतिबन्धका कारण स्थानीय जनता भने मर्कामा परेका छन् । १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो । त्यस्तै कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News