![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुन चाँदीको भाउ आज बढेको छ ।
सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ ।
हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।
चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।