अपडेट 
२०७९ श्रावण १२, बिहीबार १६:३०

नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप २ सय १५ संक्रमित निको हुदा अहिलेसम्म ९ लाख ६९ हजार २ सय १९ जना निको भएका छन् । हाल नेपालमा ४ हजार २ सय ३६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News