२०७९ श्रावण १२, बिहीबार २०:०८

मारवाडी युवा मञ्चले जनकपुरधाममा प्रत्येक शनिवार निःशुल्क भोजन खुवाउने अभियान सुरु गर्ने भएको छ ।

अगामि साउन १४ गते शनिवार देखि उक्त अभियान सुरु गर्ने मञ्चका महासचिव अभिषेक अग्रवालले जानकारी गराएका छन । मानव सेवा ही माधव सेवा भन्ने मुल मर्म र भावनाका साथ मञ्चले अति बिपन्न तथा अशक्त र असहाय तथा भोक लागेकाहरुलाई निःशुल्क भोजन खुवाउने जनाएको छ ।

उक्त अभियान अगामि शनिवार बेलुकी ६ बजे रेल्वे स्टेशनबाट सुरु हुने कार्यक्रम संयोजक अनिकेत रुङग्टाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News