जीतपुर सिमरा उपमाहानगरपालिका को जीतपुरबाट मोटरसाईकल चोर पक्राउ परेको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक अजय रामको नेतृत्वमा खटिएको प्रहरी टोलीले गएराति मोटरसाईकल चोरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जिल्लाको कोल्बी नगरपालिका वडा नं. ५ का २१ वर्षीय यम नारायण चौधरी रहेका छन् । जीतपुर सिमरा उपमहानगरपालिका कार्यालय अगाडि पर्किङ गरी राखिएको प्र २ –३–१९ प ५४९३ नम्बरको मोटरसाईकल चोरी गर्न खोजेका थिए । बाराको प्रसौनीका निपु गुप्ताको २०० सिसिको पल्सर मोटरसाईकल बाहिर राखेर व्यपारिक प्रयोजनका लागि कार्यालय भित्र नपुग्दै चोरले मोटरसाईकल चोर्ने प्रयास गरेका थिए ।
मोटरसाइकल चोरी गर्दै गरेको देखेर सवारी धनी गुप्ताले आफ्नो मोटर चोरी भैरहेको हल्ला गरेका थिए । हल्ला सुनेर चोर बाईक छोडेर भाग्न खोज्दा स्थानीयले चोरलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । पक्राउ मोटरसाईकल चोर चौधरीलाई आवश्यक अनुसन्धानकोलागि ईलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाईएको छ ।

