२०७९ श्रावण १३, शुक्रबार ०७:५१

आमचुनावको तिथि नजिकिन लागेको बेला नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोसित एक्लाएक्लै(वन टू वन) भेटेका छन् ।

नेता निधिले जसपाका अध्यक्ष यादवसित उनकै पार्टी कार्यालयमा र महतोसित एकान्तमा भेटेका हुन् ।नेता निधिले अध्यक्ष यादव र लोसपाका नेता महतोसित भेटेको पुष्टि गरेका छन् । सत्तासीन गठबन्धनमा रहेको जसपाका अध्यक्ष यादवसित भावी राजनीति, गठबन्धन, आगामी चुनाव लगायतको विषयमा छलफल भएको निधिले स्वीकारे ।‘समसमायिक राजनीतिक लगायतका विषयमा नेताहरुसित छलफल भएको हो’ उनले भने, यादव, महतो, प्रचण्ड, माधवकुमार नेपालसँग बुधवार फरक–फरक समय र स्थानमा भेटवार्ता भएको हो । गत निर्वाचनमा कांग्रेसबाट धनुषाको क्षेत्र नम्बर ३ बाट निधिलाई पराजित गरी महतो प्रतिनिधि सभामा विजयी भएका थिए ।उनी फेरि सो क्षेत्रमा चुनाव लडन तयार नरहे पनि हाल सम्म क्षेत्र छाड्ने सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । स्रोतहरुका अनुसार महतोलाई सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट लड्न निधिले सुझाव दिएका छन् ।सो क्षेत्रबाट कांग्रेसका डा.अमरेश कुमार सिंह विजयी सांसद हुन् ।तर सिंह पार्टी सभापति शेरबहादुर देउवाको विपक्षी खेमामा रहेकाले उनलाई विस्थापित गरी महतोलाई चुनाव लडाउने भित्री तयारीमा निधि रहेका छन् । कांग्रेसले टिकट काटे माओवादीसित मिलेर चुनावमा जान सक्ने सिंहको संभावना देखिरहेका महतो क्षेत्र छाड्ने आँट गर्न सकिरहेका छैनन् ।माओवादीका अध्यक्ष प्रचण्डसित निकट सम्पर्कमा रहेका डा.सिंहलाई टिकट दिने संभावना बलियो छ ।

सर्लाहीमा महतोको छवि धुमिलिएको छ ।उनका आफ्नै दाजुपनि चन्द्रनगर गाउँपालिका अध्यक्ष यस पटक नराम्ररी पराजित भएका छन् । तर निधिले महतोलाई धनुषाको क्षेत्र नम्बर ३ परिवर्तन गर्न दबाब दिइरहेका छन् ।निधिका लागि अन्य निकायहरुबाट समेत महतोलाई क्षेत्र परिवर्तनको संकेतहरु आउन थालेको छ ।तर महतो अन्योलमा परेको बताइन्छ । नेता निधिसँगको भेटको विषयमा महतोसित सम्पर्कको प्रयास सफल हुन् सकेन् ।गत चुनावमा तत्कालीन नेकपा एमालेले पूर्ण समर्थन गरेकै कारण महतोले निधिलाई हराउन सफल भएका थिए ।यस चुनावमा स्थिति फरक देखिएको छ । स्थानीय तहको निर्वाचनमा निधिले गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहका विरुद्ध कांग्रेसबाट विद्रोही उम्मेदवार मनोज साहलाई बनाएकाले जसपाका अध्यक्ष यादव लगायत जिल्ला तहका नेता कार्यकर्ताहरु ‘सबक’सिकाउने भित्री तयारी गरेका छन् । महतो क्षेत्र छाडेपनि निधिका लागि निर्वाचन क्षेत्र नम्बर ३ अत्यन्त जोखिमपूर्ण रहेको बताइन्छ ।स्थानीय तह चुनावको तिक्ततालाई न्यून गर्न नै नेता निधिले जसपा कार्यालयमा पुगेर अध्यक्ष यादवसित भेटवार्ता गरेका हुन् । कुराकानी सकारात्मक भएको बताइए पनि एक अर्कामाथि विश्वासको वातावरण बनिनसकेको जसपाका उच्चस्रोतले जनाए ।गठबन्धनमा रहेर नै घात गरेको पीडालाई सजिलै बिर्सन नसक्ने जसपाका नेताहरुको प्रतिक्रिया रहेको छ ।

प्रधानमन्त्री देउवालाई मंगलवार नै भेटेका निधिले महतोलाई सत्तागठबन्धनमा सहभागी गराउन संवाद गरेको बताइएको छ ।सत्तामा साझेदारी गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री देउवासित निरन्तर सम्पर्कमा रहे पनि हाल सम्म उपलब्धि हुन सकेको छैन् । देउवालाई निधिले लोसपालाई समेत सरकारमा ल्याउन सुझाव दिएको बताइएको छ ।प्रधानमन्त्री देउवा, प्रचण्ड, यादव र नेपालसित लोसपालाई सरकारमा सहभागी गराउन पहल थालेको विश्वास महतोलाई दिलाउने प्रयास निधिले गरेको बताइएको छ । कांग्रेस पार्टीमा संगठनात्मक संरचनामा अत्यन्त कमजोर भएका निधिको पक्षमा देउवा नरहेकाले प्रचण्ड र नेपालको साथ पाउने संभावना बलियो छैन् ।स्थानीय चुनावमा निधिको भूमिकाबाट यादव आक्रोशित रहे पनि बाहिर तिक्ततापूर्ण अभिव्यक्ति दिएका छैनन् ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News