२०७९ श्रावण १३, शुक्रबार ११:३१

पोखराबाट काठमाण्डाैका लागि उडेको यति एअरलाइन्सको एउटा जहाजको इन्जिनमा समस्या देखिएको छ । समस्या देखिएपछि ‍जहाजलाई पोखरा नै फर्काइएको छ ।

उडेको ६ मिनेटमै जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको हो ।

बिहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए । इन्जिनियरहरुले जहाजको जाँच थालेका एअरलाइन्सले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News