वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासले भारतीय नागरिकको लागी कुनै पनि आइपरेको समस्या समाधानको लागी एक कार्यक्रमको आयोजना गरेको छ ।
भारतले मनाइरहेको अजादीको अमृत महोत्वस कार्यक्रम अन्तर्गत शनिबार महाबाणिज्य दुतावासले उक्त कार्यक्रमको आयोजना गरेको हो ।दुतावास कार्यालयमा आयोजित आठौं “ओपन हाउस फर कन्सुलर गुनासो“ कार्यक्रमको उद्देश्य दैनिक गैर कान्सुलर समस्या निवारण गर्नु भएको बताइएको छ । कार्यक्रममा जनकपुरको ग्यान्दा र अक्षरधाम विद्यालयमा कार्यरत शिक्षकहरूले आफ्नो समस्या राखेपछि त्यसको समाधान समेत त्यहि समयमा गराइको थियो ।भारतीय वाणिज्य दूतावासले प्रत्येक महिनाको अन्तिम शनिबार उक्त कार्यक्रम गर्दै आएको छ । वाणिज्य दूतावासले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मवनपुर र चितवन जिल्लाहरूमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई यथाशीघ्र वाणिज्य दूतावासमा आफ्नो रजिष्ट्रशन दर्ता गराउन अपील समेत गरेको छ । भारतीय नागरिकले भारतीय महावाणिज्य दुतावासबाट पाउने सेवा लगायत अन्य कुनै पनि कन्सुलर सेवा प्राप्त गर्न र गुनासोहरूको समाधानको लागि पनि सम्पर्क गर्न सक्ने कार्यक्रममा जानकारी समेत गराइएको थियो ।



