२०७९ श्रावण १५, आईतवार ०७:३०

बारा स्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को कार्यले पूर्णता पाउन नसक्नुमा आयोजना निर्माणको कार्यनीति बाधक भएको स्थानीय सरोकारवालाहरुले आरोप लगाएका छन् ।

सेजेको ए ब्लक बाहेक डि र ई ब्लकको करिव ५ सय बिघा जग्गा पूरै अतिक्रमणमा परेको छ । विभिन्न जिल्लावाट आएका बाढी प्रभावित, सुकुम्बासी र केही भूमाफियाले प्रतिपरिवार १० कठ्ठा देखि ५ बिघा सम्म भोगचलन गर्दै आएका छन् । अन्य दूई ब्लक सि र डि मा पनि अतिक्रमणको समस्या रहेको छ । विगतका रैथाने थारु समुदायलाई हटाएर वीरगंज चिनी कारखानाले लिएको जग्गा अहिले सेज निर्माणमा प्रयोग गर्ने भनिए पनि व्यक्तिले ओगट्ने वातावरण तयार हुनुले त्यहाँका थारु समुदाय रुष्ट बनेका छन् । थारूहरूको मुख मासेर अन्यत्रबाट आएकाहरुलाई पोस्ने अवस्थामा रहेका कारणस्थानीय थारु समुदाय सेज विरुद्ध आन्दोलित बन्ने चेतावनी स्थानीय कृष्णदेव चौधरीले दिए । स्थानीय सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय सरोकारवालाले निर्माण सम्पन्न भइसकेको सिमरा सेजको ए ब्लकमा उद्योग सञ्चालन तथा बाँकी ब्लकहरुमा भौतिक पूर्वाधार निर्माणको काममा सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । सेज सञ्चालनमा अत्यावश्यक कार्यहरु सम्पन्न गर्नेतर्फ समयमा ध्यान नपु¥याउँदा चुनौतीको चाँङ्ग लागेको उनीहरुको दाबी छ ।

सेजको जग्गा अतिक्रमणको क्रम बढ्नु, मुख्य सडकबाट सेजसम्म पुग्ने बाटो निश्चित नहुनु, आवश्यक क्षमताको बिजुली आपूर्तिका लागि सवस्टेशन नबन्नु जस्ता कार्यले सेज कार्यान्वयनमा आशंका बढेको स्थानीयको आरोप छ । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले मुख्य सडकसँग र सेज जोड्ने सडकको निष्कर्ष नहुनु र भएको बाटोको पनि मर्मत सम्भार नहुनुले सेजप्रति उद्योगीको आकर्षण घटेको दाबी गरे । सेजमा स्थापना गरिने उद्योगका लागि ऋण लिने, दर्ताका लागि सिफारिस दिने जस्ता प्राविधिक विषयमा स्पष्ट हुने वातावरण तयार गर्न पनि सेज चुकेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News