२०७९ श्रावण १५, आईतवार ०७:३९

दुई साताअघि जीता नदीको बाढीले कटान गरी क्षति पु¥याएको सडकको मर्मत कार्य नहुँदा कुनौली–हनुमाननगर सडक खण्डमा यातायात आवागमनमा समस्या भएको छ ।

साना सवारीसाधन जोखिम मोलेरै ओहोरदोहोर गरेपनि ठूला सवारीसाधनको आवागमनमा समस्या भएको हो । राजविराज भंसार कार्यालयदेखि ५०० मिटरको दूरीमा रहेको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिका जोड्ने उक्त सडक खण्डमा रहेको पुलको दायाँ बाँया दुबैतिरको माटो र ग्राभेल सडक १० मिटर जति कटान भएपछि सवारीसाधन चलाउने कार्यमा अवरोध पुगेको अंसारी ट्राभल्सका संचालक समेत रहेका सगरमाथा यातायात संघका पूर्व अध्यक्ष नुरुलहोदा अंसारीले बताए । हाल केही स्थानीय मिलेर कटान भएको ठाउँमा माटो हाल्दा सिटिरिक्सा, टेम्पो र मोटरसाइकल चलाउन भने सम्भव भएको तर ठूला सवारीसाधन आवतजावत ठप्प नै रहेको स्थानियवासी शिव मंडलले बताए । उक्त सडक खण्डमा पर्ने अर्को पुलको पनि पिलर आसपासको माटो कटान भएकोले जोखिमपूर्ण अवस्था रहेको स्थानीयवासी सत्यनारायण मंडलले बताए । गत वर्ष आएको बाढीले सोही स्थानको पुल र ५० मिटर सडक कटान गरी बगाएको थियो । त्यहाँ बाढीले निकास नपाउँदा वर्षा लाग्नासाथ यसरी सडक र पुल बगाउने गरेको स्थानीय बताउँछन् । यसपल्ट पनि सोही समस्या दोहोरिएकोले अब टालटुले नभई ठोस समाधान खोज्नु पर्ने स्थानीयले माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News