२०७९ श्रावण १५, आईतवार ०८:४०

जनकपुरधाममा भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।

तराईका जिल्लाहरुमा समेत धक्का महसुस गरिएको छ ।

भोजपुरमा २, खोटाङमा १ घर भत्किए

भूकम्पबाट भोजपुरमा २ घरमा क्षति भएको छ ।

भोजपुर नगरपालिका-१२ टक्सारमा २ घर क्षतिग्रस्त भएको हो। त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको छ।खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=stnN-krjU1Q

Comment


Related News

Latest News

Trending News