२०७९ श्रावण १५, आईतवार १६:३१

चुरे तथा वन जंगल बचाउ तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै जनकपुरधाममा आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ ।

सुकुम्बासीहरूले, चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्ने लगायतका माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जाने बाटो अगाडि सडकमै सुतेर प्रदर्शन गरेका हुन् । सुकुम्बासीका नाममा अन्य व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहेको र वास्तविक सुकुम्बासी जग्गा पाउने अधिकारबाट वञ्चित भएको भन्दै उनीहरूले आन्दोलन गर्दै आएका छन् ।

सिरहास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वन क्षेत्रबारे प्रदेश सरकारले ४ भदौ २०७८ मा समिति बनाएर छानबिन गर्ने बताए पनि कुनै ध्यान नदिएको अभियानका संयोजक सुनिलकुमार यादवले बताए । उनले वास्तविक भूमीहिन, दलितलाई जग्गा नदिई अर्कै व्यक्तिलाई दिने गरेको आरोप समेत लगाएका छन् ।

विरोध प्रदर्शनमा सहभागी सुकुम्बासी महिलाहरुले, सरकारले अब पनि आफूहरुको मांग पूरा नगरे पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाई आत्मदाह गर्ने चेतावनी दिएका छन ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=Xs1KPG3LNqU

Comment


Related News

Latest News

Trending News