अपडेट 
२०७९ श्रावण १५, आईतवार १६:३६

नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ । त्यस्तै थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ६२ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ५ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News