२०७९ श्रावण १६, सोमबार १४:३३
रकेश्वर नगरपालिका–२ को धर्मस्थली क्षेत्र भीमसेन टोलमा एकै घरका चारजनाको शब भेटिएकाे छ ।
प्रहरीका अनुसार, श्रीमान्-श्रीमती, एक छोरो र एक छोरीको शव भेटिएको हाे। घटनाकाे प्रकृति हेर्दा हत्या भएकाे हुनसक्ने आशंका प्रहरीले गरेकाे छ ।
घटनाकाे प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटना स्थलमा रहेको प्रहरीले घटनाको अध्ययन गर्ने र मुचुल्का उठाउने कार्य गरिरहेको जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धानपछि केही भन्न सकिने प्रहरीकाे भनाइ छ ।


