२०७९ श्रावण १७, मंगलवार ०७:२८
धनुषामा लागू औषधसहित एक जना युवक पक्राउ परेको छ ।
जनकपुर धाम उपमहानगरपालिका ५ देवान पोखरीबाट २७ वर्षीय प्रविन यादव पक्राउ परेको हो । मिथिला नगरपालिका ६ तारापट्टी घर भएका यादव ज १० प ३१३ नम्बर प्लेटमा सवारी भई जाँदै गर्दा प्रहरीलाई शंका लाग्दा चेक जाँच गरेको थियो । त्यसपछि प्रहरीले उनको साथबाट प्रतिबन्धित लागू औषध पाँच सय २५ पिस नाइट्रोभेट र एक हजार दुई सय ५५ रुपैयाँ बरामद भएको छ । उनी अहिले धनुषा प्रहरीको हिरासतमा छ । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

