अपडेट 
२०७९ श्रावण १८, बुधबार १९:१२

जनकपुर विमानस्थलमा सुविधा सम्पन्न होटेल संचालनमा आएको छ ।

जनकपुरधामको क्याम्पस चोकमा रहेको लड्डु गोपाल स्वीट एण्ड स्नैक्सका संचालकले जनकपुरधाम विमानस्थलमा होटेल संचालनमा ल्याएको हो । होटेल संचालनमा आएपछि विमानस्थलमा आउने यात्रुहरुलाई खाजा तथा खानाका लागि सुविधा हुने होटेलका संचालक वीरेन्द्र साहले बताका छन । उनका अनुसार होटेलमा मांशाहारी तथा शाकाहारी दूबै प्रकारको खाना उपलब्ध रह्ने छ ।

बजार भाउभन्दा २० प्रतिशत बढी मूल्य मात्रै विमानस्थलमा तिर्नुपर्ने होटेल संचालक साहले बताए । विमानस्थलले निकालेको टेण्डर पारेर लड्डु गोपाल स्वीट्स एण्ड स्नैक्स होटेल संचालनमा ल्याइएको हो । १९ लाख ८० हजारमा ३ वर्षका लागि विमानस्थलले निकालेको सो टेण्डर वीरेन्द्रले हात पारेका थिए ।

होटलको उद्धघाटन जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले गरेका थिए । होटल उद्धघाटन गर्दै मेयर साहले, जनकपुरधाम विमानस्थललाई होटल संचालन गरेकोमा धन्यवाद व्यक्त गर्नुको साथै, अब यात्रुहरुलाई खाजा नास्ताको लागि बाहिर एयरपोर्ट बाहिर जानु पर्ने बाध्यता हटेका बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News