२०७९ श्रावण १९, बिहीबार १५:२८

मुख्यमन्त्री लालबाबु राउतले ठेक्केदारहरुले न्यून रकममा ठेक्का सकारेको कारण बिकास निर्माणमा अनियमितता हुने गरेको बताउनु भएको छ ।

विरगन्जको नगवामा निर्माण हुने सडकको शिलान्यास कार्यक्रममा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले टेन्डर सकार गर्दा ठेक्केदार कम्पनीहरुले ३० देखि ३५ प्रतिशतसम्म न्यून रकममा ठेक्का लिने गरेका कारण विकास निर्माणमा अनियमितता हुने गरेको बताउनु भएको छ । बिहिबार बिहान वीरगन्जको नगवामा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउृतले आफु जितेको चुनावी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउदै वीरगन्जको नगवामा मन्दिर निर्माण देखि पोखरी सौन्दरीकरण लगायत विभिन्न सडकहरुमा यस वर्ष पनि बजेट निकासा गरेको बताउनु भयो ।

मधेस प्रदेश सरकारले प्रत्येक प्रदेश संसदिय क्षेत्रमा ५ किलो मिटर सडक निर्माण योजना यो वर्ष लागु गरेको छ । उक्त योजना अन्तर्गत वीरगन्जको लक्ष्मणवा, भिष्वा, नगवा देखि इनर्वासम्मको ५ किलो मिटर सडक निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले आफु जितेको क्षेत्रमा अत्याधिक विकास निर्माणका कार्यक्रमहरु लागु गरिएकोले पुनः आफुलाई चुनावमा जिताउन अनुरोध गर्नुभयो । ६ करोड ५३ लाख ६८ हजारको लागतमा निर्माण हुने उक्त परियोजनाको ठेक्का सिवाको कन्स्ट्रक्सन प्रा.लि काठमान्डौले सकार गरेको छ । पूर्वाधार विकास कार्यालयको अनुगमणमा निर्माण हुने उक्त सडक निर्माण कार्यको अन्तिम समय आगामि वर्षको पुस मसान्त सम्म रहेको छ ।

Comment


Related News

Latest News

Trending News