मतदाता नामावलीमा नाम समावेश हुन बाँकी रहेकाहरुको नाम समावेश गराउन समयसीमा बढाउन माग गरिएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल र दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा सो माग गरिएको छ । मतदाता नामवलीमा छुटेका दलित, महिला, जन्मसिद्ध नागरिकता भएका व्यतिm, सिमान्तकृत समुदायका व्यतिmहरुलाई बढी भन्दा बढी कसरी सहभागिता गराउन सकिन्छ सो सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । निर्वाचन कार्यालय, ईलाका प्रशासनहरुमा एक जना कर्मचारीको भरमा फारम भर्ने, रुजु गर्ने, फोटो खिच्ने जस्ता कामकाजले गर्दा भीडभाड बढी भइ एक हप्ता सम्म पालो नै नपर्ने गरेका कारणले पनि मतदातामा ती बर्गहरुको नाम छुटन गएको जानकारी गराइएको थियो ।
निर्वाचित वडाअध्यक्ष,पालिका प्रमुखहरुले आफ्नो नजिकका व्यतिmहरुलाई काखी च्यापी मतदाता नामवालीमा नाम समावेश गराउनुको साथ साथै राजनीतिक दलहरुको पहुँचको आधारमा समेत कामकाज भएको हुँदापनि धेरै जनाको मतदाता नामावलीमा नाम छुटेको गुनासो गरिएको थियो । खेतीपातीको समयदेखि शुरु भएको हुँदा खेतीपातीमा लागेको हुँदा मतदाता अभियानमा गरिब, दलित समुदायका व्यतिmहरुको नामावली छुटेको जनाइएको छ ।

