२०७९ श्रावण २०, शुक्रबार ०७:१४

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले बिहीबार रौतहट स्थित निर्मित प्रहरी चौकी भवनको उद्घाटन गरेका छन् ।

मन्त्री साहले फतुवा विजयपुर नगरपालिका –१० दुधिअवा प्रहरी चौकीको कम्पाउण्ड, मेस, बाथरुम, तथा मोटरसाइकल ग्यारेज भवनको उद्घाटन गरेका हुन् । मधेश प्रदेशको आन्तरिक मामिला तथा संचार मन्त्रालयको कुल ४० लाख ७१ हजार रुपैंयाको लागतमा निर्माण भएको हो । सो अवसरमा उनले रौतहटबासीको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्न प्रहरीलाई निर्देशन दिएका थिए । मन्त्री साहले प्रहरी र जनताबीच नङ मासुको सम्बन्ध रहेको तथा प्रहरीले सर्वसाधारणहरुको जिउ धनको सुरक्षाका लागि अहोरात्र खटिनुपनेमा पनि जोड दिए । यसैगरी प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्m्नो व्यवसायिकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तव्यनिष्ठ र उच्च मनोवलका साथ कार्य गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले रौतहटबासीको जिउ धनको सुरक्षा गर्न आफूहरु कुनै कसर बाँकी नराखेको जानकारी दिए । जिल्ला बासीको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि प्रहरीको महत्वपूर्ण भूमिका रहेको र आउँदो दिनमा पनि रहने प्रमुख जिल्ला अधिकारी शाहीले बताए । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्की,इलाका प्रहरी कार्यालय विजयपुरका इन्सपेक्टर सुरेन्द्र धमला, फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक मेयर अमबेया खातुन सहितका जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News