लक्ष्मीनिया गाउँपालिकामा १७ सदस्यीय समाजवादी विद्यार्थी युनियन गठन गरिएको छ ।
जनता समाजवादी पार्टी आवद्ध विद्यार्थीहरुको छाता संगठन समाजवादी विद्यार्थी युनियनका धनुषा जिल्ला अध्यक्ष सुनिलकुमार मण्डलको अध्यक्षता तथा जसपा नेपालका लक्ष्मीनिया नगर अध्यक्ष लालबाबु यादवको प्रमुख आतिथ्यमा सम्पन्न बैठकवाट ललित यादवको नेतृत्वमा सो समिति गठन गरिएको छ । नवगठित सो समितिको उपाध्यक्षमा स्वजीवन यादव, सचिवमा दिपेन्द्र दास, सहसचिवमा मिथलेश मण्डल, कोषाध्यक्षमा श्याम राउत र सदस्यहरुमा चन्द्रमोहन यादव, सन्तोष यादव, अमित कु. मण्डल, रवि यादव, बैजु यादव, अशोक यादव, विमल यादव, राकेश महतो, रवित यादव, रचित कुमार मण्डल, विनय कुमार दास, अमितकुमार मंण्डल सहित विद्यार्थीहरुको उपस्थितमा सर्वसम्मतवाट चयन भएको जनाइएको छ ।

