अपडेट 
२०७९ श्रावण २२, आईतवार ०८:०९

भारतको नयाँ उपराष्ट्रपतिमा जगदीप धनखर विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धनखर विजयी भएका हुन्।

उनले विपक्षी दलकी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेका हुन्। बीजेपी नेतृत्वको एनडीए उम्मेद्वार धनखरले ५२८ मत प्राप्त गरेका थिए भने अल्भाले केबल १८२ मत प्राप्त गरिन् ।

उनले सन् १९७७ यता भएका उपराष्ट्रपति निर्वाचनमा अहिलेसम्मकै ठूलो मतान्तरले विजयी भएका हुन्। प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डाले उनलाई बधाइ तथा शुभकामना दिएका छन् । धनखर बंगालका पूर्वराज्यपाल समेत हुन् ।

Comment


Related News

Latest News

Trending News