![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/Ministry-of-Health-and-Population-1.jpg)
नेपालमा थप ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ४० पिसिआर परिक्षणका क्रममा ४ सय ५१ जना र १ हजार ७ सय ४९ एन्टीजेन परिक्षणका क्रममा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण आइतबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ३३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ४ सय ९७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ५९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।