२०७९ श्रावण २३, सोमबार ०७:२०
भारतीय महावाणिज्यदूतावास वीरगञ्जका महावाणिज्यदूत नितेश कुमारले भगवान विष्णुको द्वितीय अवतार कछुवालाई पूजा गरी गंगासागरमा जल प्रवाह गरेका छन् ।
महगंगा आरती गंगासागरका मुख्य पुजारी रामप्रसाद खतिवडा द्वारा कछुवाको विशेष पूजा गराई गंगासागरमा जल प्रवाह गरिएको छ । धार्मिक मान्यता अनुसार समुद्र मन्थनका लागि भगवान विष्णुले मदरांचल पर्वतलाई मथानी र नागराज बासुकीलाई नेति डोरी बनाएका थिए । तर पनि मदरांचल पर्वत समुन्द्रमा डुब्न लागेको देखेर भगवान विष्णुले विशाल रुप कच्छप अवतार धारण गरेका थिए । मिथिला बिहारी नगरपालिकाको मिथिलेश्वर गाउँ नजिकै खेतमा भेटाएको कछुवालाई अभियन्ता रामशरण दासले संरक्षण गरी कछुवाका लागि प्राकृतिक बासस्थान गंगासागरमा पुरयाउन सहयोग गरेका थिए ।

