२०७९ श्रावण २३, सोमबार ०७:३२

मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँले जनतालाई चुस्तदुरुस्त र सहज रुपमा सेवा प्रदान गर्न जिल्ला प्रहरी कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

आइतबार धनुषा,महोत्तरी र सर्लाही जिल्ला प्रहरी कार्यालयहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरेका प्रमुख डिआईजी खाँले जनतालाई चुस्तदुरुस्त र सहज रुपमा सेवा प्रदान गर्न जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन् । कुनै पनि अपराधिक घटनाको सूक्ष्म अनुसन्धान गरी पीडितलाई न्याय र दोषीलाई सजाय दिलाउनु प्रहरीको पहिलो कर्तव्य रहेको बताउदै डिआईजी खाँले भने,‘ कमसल अनुसन्धानले पीडितले न्याय पाउदैन र वास्तविक दोषी कानूनी फन्दाबाट उम्किन्छ ।त्यसकारण यस विषयमा सचेत भएर तपाईहरु काम गर्नुस्।’ प्रहरीको आचरण प्रहरीको गहना भएको बताउदै प्रदेश प्रहरी प्रमुख खाँले भने,‘ कार्यालयमा आउने सेवाग्राहीहरुसँग भद्र व्यवहार गर्नुस्,सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने हाम्रो दायित्व हो ।’ उनले सीमावर्ति क्षेत्रमा हुने चोरी पैठारी तथा तस्करीलाई नियन्त्रणमा कडाई गर्न निर्देशन समेत दिए ।

please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News