अपडेट 
२०७९ श्रावण २४, मंगलवार १७:१४

नेपालमा थप १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ९ सय ५८ पिसिआर परिक्षणका क्रममा ५ सय ६० जना र ३ हजार ३ सय ४२ एन्टीजेन परिक्षणका क्रममा ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ३८ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ७३ हजार ४ सय ५ जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ८ सय ६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Comment


Related News

Latest News

Trending News